• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

कविता : अब संविधान जलाउ साथी हो !

सडकमा धेरै तडक भडक नगरौ साथी हो ,
कोरोना फैलन सक्छ ।
नेताजी अक्सिजन खै भनेर नसोधौ साथी हो ,
भ्याक्सिन गायब हुन सक्छ 

 

बरु आउनुहोस सबै मिलि एउटा काम गरौ ,
नयाँ नेपालको परिकल्पना गरौ,
तपाइँ सलाइ ल्याउनुहोस, म पेट्रोल ल्याउँछु,
अनि फोटो खिचाएर दनदनी संविधान बालौ साथी हो 

 

म त निश्चिन्त छु ,
आज संविधान बाल्ने हो , भोलि मन्त्री खाने हो ,
त्यसपछि आउने प्रतिगमनकारी नोट,
चुनाब आउने बेला सम्म गन्ने हो 

 

कोइ हिरो बन्यो भने ,
पार्टी फुटाउने हो,नत्र सांसद जुटाउने हो ,
केहि सिप चलेन भने ,फेरि सोझा जनता बटुल्ने हो ,
अनि दनदनी फोटो खिचाएर संविधान बाल्ने हो

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार