• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

नेपाल जोर्डनसँग पराजित

काठमाडौं । फिफा विश्वकप-२०२२ को छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार राति सकिएको खेलमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो ।

 

खेलको २३ औँ मिनेटमा गोल गर्दै जोर्डनले अग्रता लिएको थियो । उसको लागि फैसनले पेनाल्टीमार्फत गोल गरेका थिए। रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो।

 

खेलको ४८ औँ मिनेटमा फैसनले नै गोल गर्दै अग्रता दोब्बर बनाए । उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो। खेलको ६७ औँ मिनेटमा अरबले गोल गर्दै जोर्डनको अग्रता ३-० बनाए ।

 

खेलको अन्त्यतिर नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। ८६ औं मिनेटमा विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । विशाल राईले लामो दुरीबाट गरेको प्रहार पनि बाहिरियो ।

 

जोर्डनलाई जिताउन फाइजल सिफले दुई गोल गर्दा याजन अल अरबले एक गोल गरेका थिए। जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार