• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

यो सरकारको नालायकिपनका कारण अर्थतन्त्र ध्वस्त भयो : पुर्व राज्यमन्त्री खड्का

काठमाडौं । पुर्व राज्यमन्त्री दिपक खड्काले सरकारका अहिलेका गतिविधि लाज मान्नुपर्ने अवस्थाको भएको टिप्पणी गरेका छन ।

 

बिपी स्टडी युथ सर्कलले आयोजना गरेको 'कोरोना महामारीमा हाम्रो सामाजिक उत्तरदायित्व' बिषयक भचुर्अल कार्यक्रममा बोल्दै खड्काले यो सरकारको नालायकिपनका कारण अर्थतन्त्र ध्यस्त भएको बताएका छन ।

 

'सरकारका गतिबिधीको जति बिरोध गरे पनि कमी नै हुन्छ । अब युवाले मूल पार्टी र सरकारलाई पनि खबरदारी गर्न बेला आएको  छ'  उनले भने 'अवस्था जटिल छ, भ्याक्सीन नै अहिलेको बिकल्प हो । हामी कम्जोर छौं हाम्रो परराष्ट्र नीति पनि कम्जोर भयो । सरकार कमिसनमा रमाइरहेको छ ।'

 

विश्वले महामारी नियन्त्रण गरे के नेपालले यो महामारी नियन्त्रण गर्न सक्दैन उनले सरकारसंग प्रश्न गरेका छन । लोकतन्त्रमा दलले निर्वाचन चाहनु स्वभाविक भए पनि त्यो निर्वाचन कति निष्पक्ष हुन्छ भन्ने आशंका बढेको उनको टिप्पणी छ ।

 

यस्तै भचुर्अल कार्यक्रमामा पुर्ब राष्ट्रीयसभा सदस्य मुक्ता यादवले काम चलाउ सरकारले सिमा मिचेर मन्त्रीमण्डल बिस्तार गरेको आरोप लगाएकी छन । नेपाली कांग्रेस को सदस्यता बिवाद र महाधिवेशन तर्फ संकेत गर्दै उनले मूल नेतृत्वले समयमै ध्यान दिनुपर्ने पनि सुझाव दिएकी छन । नेपाली कांग्रेसका युवा नेता धर्मेन्द्र नेम्वाङले सरकारले आफ्नो अनुकुलता हेरेर मात्रै काम गरिरहेको बताउदैं युवाले खबरदारी गर्न छोड्न नहुने बताएका छन ।

 

कांग्रेस नेता भुपेन्द्र जङ शाहीले जनतालाई समस्या पर्दा पनि सरकार मुकदर्शक भइरहेको आरोप लगाएका छन। 'राज्यको प्रथमीकतामा कोरोना परेको छैन। मान्छे रहे राजनीति गर्न हो मान्छे नै बचाउन नसके कसका लागि राजनीति गर्न' उनले सरकारसंग प्रश्न गरेका छन। महामारीमा  एक जुट हुन नेता शाहीले सबैसंग आग्रह समेत गरेका छन ।

 

संवादमा सहभागी नेपाली काग्रेस मुगुका उप -सभापति खगेन्द्र मल्लले खोप नै अहिलेको पहिलो प्रथमीकता भएको र शिक्षक शिक्षीकाहरुलाई पहिलो प्रथमीकतामा राख्न सरकारलाई सुझाव दिएका छन । मल्लले गैर आवासीय नेपाली संघ-सस्था, जनसंम्पर्क समितीहरुलाई समेत चलाएमान बनाउन मूल पार्टी लाग्नुपर्ने सुझाव दिएका छन ।

 

कार्यक्रममा बिपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरला, नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङ,महिला संघ सुर्खेतका सभापति पार्बति गिरी,महिला संघ पर्वतका मुना शर्मा लगायतले खोप खरिदको प्रक्रियालाई तीब्र रुपमा अघि बढाउन नेपाली कांग्रेस केन्दिय समितीले पहल गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमको सहजीकरण बिपी स्टडी युथ सर्कलका प्रदिप पोखरेलले गरेका थिए ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार