• आइतबार ३-६-२०७८/Sunday 06-20-2021
राजनीति

राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु : मन्त्री महतो

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।

 

गएराती विज्ञप्ति जारी गर्दै आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको भन्दै यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने स्पष्ट पारेका हुन ।

 

'आफूले संविधानका धारा ३ मा उल्लेख भए बमोजिम बुहजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोगिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो राज्य सबै जात जाती वर्ग समुदाय धर्म, लिङ्गको साझ राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ' विज्ञप्तिमा भनिएको छुँ ।

 

विज्ञप्तिामा संविधानमा रहेका असन्तुष्टी संबोधान गर्न संशोधनका लागि गठित कार्यदलमा आफ्ना धारणा राख्ने उल्लेख पनि उनले उल्लेख गरेका छन्। 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार