• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

जनताको पक्षमा काम गर्ने नेताहरुको अभाव खड्किएको छ : गुरुराज घिमिरे 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सम्पुर्ण नागरिकको जिम्मा राज्यले लिनुपर्ने बताएका छन्। 'सत्ता यतीबेला भागबण्डामा व्यस्त भएकाले जनाताको समस्याबाट बेखबर छ। निमुखा जनाताको पक्षमा यो सरकारले काम गरेको भए युवाले खाद्यान बाड्ने काम गर्नुपर्ने थिएन,' घिमीरेले भने ।

 

बिपी स्टडी युथ सर्कलले आयोजना गरेको 'कोरोना महामारीमा युवाको भुमिका' बिषयक भचुर्अल कार्यक्रममा बोल्दै नेता घिमिरेले सिंगापुर, युक्रेन लगाएत देशमा जनताको पक्षमा काम गर्ने नेताहरु भएको स्मरण गर्दै नेपाली कांग्रेसमा बिपी कोइराला जनताको मनोभावना बुझेर काम गर्ने नेता भएको स्मरण गरे। वर्तमान अवस्थामा जनताको पक्षमा काम गर्ने नेताहरुको अभाव खडकिएको बताउँदै उनले भने 'जनतालाई महत्व नदिँदा पार्टीहरु कमजोर बने ।'

 

कार्यक्रममा नेपाली कांग्रेसका अर्का नेता बालकृष्ण पाण्डेले नेपालको आमुल परिवर्तनमा युवा कै ठुलो भुमिका रहेको बताउँदै देशलाई अफठ्यारो पर्दा युवाले नै उत्साह जगाउनु पर्ने र परिवर्तनमा हातेमालो गर्नुपर्नेमा जोड दिए ।  

 

कांग्रेस नेता भुपेन्द्र जङ शाहीले  रुपन्देही बारा, पर्सा, रौतहट,धनुषा लगाएत जिल्लाहरुका युवाले निशुल्क खाना बितरण अभियानलाई थप ब्यापक बनाउँदै लैजाने पनि जानकारी दिएका छन । 

 

नेबिसंघका पुर्व महामन्त्री सरोज थापा, महामन्त्री युवराज पाण्डे, पुर्व सह-महामन्त्री राजेश रौनियार र प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलालले संयुक्त रुपमा पार्टीका अग्रज नेताहरुले युवाहरुलाई यस्ता अभियानहरुमा हौसला प्रदान गर्नुपर्ने सुझाव दिएका छन। पार्टीका नेताले सडकमा बोलाउँदा आन्दोलनमा होमिने युवाहरू कोरोना बिरुद्ध एकजुट हुन नसक्नु भातृ संगठनहरुको पनि कमजोरी भएको उनीहरुले टिप्पणी गरे ।

 

नेबिसंघका नेता रघु कार्कीले भातृ संगठन संस्थागत रुपमा आम जनतामाझ जान नसक्नु दुखद भएको बताए। यस्तै नेतृ बिनिता अधिकारीले कम आय भएका र जेष्ठ नागरिकहरुलाई खाद्यन लगायत अति आवश्यक सामग्री बितरणमा पहिलो प्रथमिकतामा राख्न सुझाव दिएकी छन ।

 

निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकलाइ हिजो बाट काठमाडौं नयाबसपार्क, माछापोखरिमा निशुल्क रुपमा खान बितरण सुरु गरियको र निशुल्क खाना बितरण निषेधाज्ञा अबधिभर जारी रहने वीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरलाले  जानकारी दिए।

 

कार्यक्रममा लक्ष्मण गौतम, तारा चन्द,निरज अग्रवाललगाएतले कोरोना महामारीको समयमा युवा भूमिका बारेमा आफना भनाई राखेका थिए। कार्यक्रमको सहजीकरण बिपी स्टडी युथ सर्कलका मदन साहीले गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार