• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

नेपालको जीत, ताइपेई दुई गोलले पराजित

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोटमा नेपालले चिनियाँ ताइपेईमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा नेपालले ताइपेईलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

 

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई सहज जित दिलाउनको लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठ समान एक एक गोल गरे ।

 

खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

 

खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले सुमन अर्यालले सटिक क्रसमा गोल गरेका थिए । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो। त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल नेपालले जित्यो ।

 

जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ।

 

चाईनिज ताइपेईको यो छैटौं हार हो। अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ । अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । नेपालले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा कुवेतमा खेलिरहेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार