• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

आजबाट नाटक 'अनुपस्थित तीन' डिजिटल माध्यमबाट सार्वजनिक हुँदै

काठमाडौं । फ्रान्सेली नाटककार जाँ-पाल सार्त्रको 'नो एक्जिट' को नेपाली अनुवादित नाटक 'अनुपस्थित तीन' आजबाट डिजिटल माध्यमबाट सार्वजनिक  हुँदैछ । 

 

अवतार पाठकको अनुवाद र घिमिरे युवराजको निर्देशन रहेको नाटक 'अनुपस्थित तीन' लाई शिल्पी थिएटरले (आज) बुधवार साँझ ५ बजे आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गर्न लागेको हो ।

 

भर्चुअल्ली मञ्चन हुने नाटकमा कलाकारले आ-आफ्नो घरबाटै अभिनय गरेका छन् । उनीहरुले आफ्नो कोठालाई मञ्च बनाएका छन् । 

 

सलिल सुवेदी कनिका, उषा रजक, पवित्रा खड्का, मानाहाङ लावतीको नाटकमा अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार