• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

जनताले चुनाव मागेका छैन्न अक्सिजन मागेका छन्

प्रतिगमन बिरुद्ध बृहत् लोकतान्त्रिक एकता कायम गर्दै अधिनायकतावादी सर्बसत्ताबादी निरंकुश, कुख्यात भ्रष्ट केपी शर्मा ओलीलाई राष्ट्रपतिले पुनः तोक्नु असंवैधानिक मात्र नभई अनैतिक छ । नेपाली जनताको बलिदानीले बनेको संविधान आज च्यातिएको छ । राष्ट्रपति संविधानको रक्षक हुनुपर्ने तर उनले नै यो संविधानको गरिमालाई बुभिन्न । उनी नै संविधान च्यात्ने काममा सरिक भइन । राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगबाट मिलोमतोमा षड्यन्त्र भएको छ। देशलाई अस्थिरता र द्वन्द्वमा धकेल्न खोज्ने प्रयास हुनु पक्कै पनि यो राम्रो संकेत होइन । राष्ट्रपतिले  शुक्रवार मध्यरातमा प्रतिनिधीसभा विघटन गरेर  नयाँ निर्वाचनको मिति घोषणा गरिन ।

 

आम जनताले अक्सिजन नपाएर मृत्युबरण गर्नुपर्ने कहालीलाग्दो अवस्थामा के निर्वाचन अहिलेको आवश्यकता हो । कोरोनाको कहर डरलाग्दो छ । यो बिकारल अवस्थामा जनता निरीह जस्तै भएको छ, सरकारले अविभावकको भूमिका निर्वाह गर्नुपर्ने समयमा अनेक राजनीतिक  चल्खेल र सत्ता लम्व्याउने खेलमा छ । कोरोना संक्रमणको दर बढ्दै गरेको यो अवस्थामा आम नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिँदै आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनु अहिलेको अवश्यकता हो । जनताले चुनाव मागेका छैन्न अक्सिजन मागेका छन ।

 

राष्ट्रपति जस्तो साझा सस्था एउटा ब्यक्तिको रबर स्टयाम्प बन्दै संबैधानिक कू गरिन। राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गर्नु यो अकल्पनिय घटना हो ।एक सन्काह धुन्कारी , हठि, अकर्मण्य  बिबेकहिन शासकले  लोकतन्त्र माथी  पटक-पटक सामुहिक  बलत्कारपछि  खुलेयाम हत्या गरेको छ ।

 

प्रायोजित र नियोजित सडयन्त्र प्रतिगामीका नायक केपि र राष्ट्रपति बिद्याहरु को रास्ट्र र नागरिक प्रतीको यो अक्षम्य अपराध इतिहासले  कालो कलङक को रुपमा लिपिबद्द गर्नेछ। संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्यको सबैले आलोचना गरौं ।

 

नागरिक कोभीड को यो महाब्याधी महाबिपत्तीको रोग भोक र शोकमा डुबिराख्दा देशको सर्बोच्च पदमा आसिन  राष्ट्रपति र प्रधानमन्त्री इतिहास कै आज सम्मका सबै कलन्कित शासकहरु भन्दा घिन लाग्दो दर्जा मा दर्जित भएका छन । यी पछिल्ला घटना क्रमले संविधानको रक्षा र पालना गर्ने संस्थाबाटै बारम्बार संविधान मास्ने खेल भइरहेको छ भन्ने थप प्रष्ट हुदै गइरहेको छ । संबैधानिक उपचार को लागि १४९ जना सांसद अदालत जाउ  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार