• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

राजीनामाको कुरा सुन्दा माधव कमरेडले टाउको मात्र हल्लाउनुभयो : सुवासचन्द्र नेम्वाङ

काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका वरिष्ठ नेता माधव नेपालसँग ओली पक्षका नेता विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच छलफल भएको छ। छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुईजना नेतालाई सिंहदरवार पठाएका थिए ।

 

‘ओली कमरेडले माधवजीलाई फोन गरेर मैले साथीहरू पठाएको छु भन्नुभएको थियो, त्यसैअनुसार हामीले छलफल गर्‍यौँ, समस्या कहाँनेर हो छलफल गरौँ र समस्या समाधान गरौँ, पार्टी फुट्ने कुरा नगरौँ भनेका छौँ, सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले भने ।’

 

नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिन लागेको विषय पनि छलफलमा उठेको थियो । ‘हामीले तपाईँहरूले राजीनामा दिन लाग्नुभएको कुरा पनि सुनेका थियौँ भनेर कुरा राख्यौँ, राजीनामाको कुरा सुन्दा माधव कमरेडले टाउको हल्लाउनुभयो, खासै केही बोल्नुभएन’, नेम्वाङको भनाई छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार