• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

ओलीको प्रश्न ! पार्टीलाई पछारी छाड्नेलाई इतिहासले माफ गर्ला ? (प्रेस वक्तव्य)

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा लाग्न नेता-कार्यकर्तालाई अपिल गरेका छन् । 

 

माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूले कसैलाई पनि काखापाखा नगरेको बताउँदै पार्टीलाई मजबुत बनाउन अपिल गरेका हुन् ।

 

कतिपय व्यक्तिमा रहेको अहङ्कारको सिकार पार्टीलाई बनाउन नहुने भन्दै ओलीले आफ्नै पार्टी फुटाउन र सरकार ढाल्न खोज्ने आपराधिक मानसिकता भएकाहरू सुध्रनुपर्ने पनि बताएका छन् । उनले बरु सामूहिक राजीनामा दिएर आफ्नै राजनीतिक भविष्य समाप्त पार्ने तर पार्टीलाई पछारी छाड्ने हानिकार प्रयास भएकालाई इतिहासले माफी गर्ला ? भनेर ओलीले प्रश्न गरेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार