• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

जसपाले ह्विप जारी नगर्ने, उपेन्द्र र बाबुराम समूहले विपक्षमा मत हाल्ने

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले विश्वासको मतका लागि सांसदहरुलाई ह्वीप जारी नगर्ने  बताएको छ ।

 

संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई निवास टोखामा भएको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि लिने भनिएको विश्वासको मतको पक्षमा भोट हाल्नेरनहाल्ने, पक्षमा हाल्ने वा विपक्षमा हाल्ने गरी स्वतन्त्रता दिएको हो।

 

जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तटस्थ बस्ने लाइनमा छ भने बाबुराम र उपेन्द्र यादव ओलीको विपक्षमा मत हाल्नुपर्ने पक्षमा छन्। दुबैको फरक लाइनमा सम्बोधन गर्नेगरी जसपाले ह्वीप जारी नगर्ने निर्णय गरेको नेता डम्बर खतिवडाले जानकारी दिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार