• आइतबार ३-६-२०७८/Sunday 06-20-2021
देश/प्रदेश

मलाई काम गर्ने वातावरण नै दिइएन : पृथ्वीसुब्बा गुरुङ (वक्तव्यसहित)

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिएका छन् । 

 

राजीनामा पत्रमा गुरुङले  दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका  कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको जनाएका छन् । साथै संविधानको धारा १६९ को उपधारा १९क० बमोजिम राजीनामा दिएको बताएका छन् ।

 

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् । 

 

यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार