• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

८ हजार ८५० जनामा कोरोना पुष्टि, ५२ जनाको मृत्यु

तस्वीर : उत्तम न्यौपाने

काठमाडौं ।  पछिल्लो २४ घण्टामा  नेपालमा ८ हजार ८५० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

 

यस्तै २४ घण्टामा चार हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशमा कोरोनाबाट मुक्त हुने दर ७६.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका ३६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

 

बाँकी विभिन्न स्थानमा २६ जना थप गरी ८८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार