नेपाल ‘रेड जोन’ मा
काठमाडौं । बेलायतले नेपाललाई ‘रेड जोन’ मा राखेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई रेड जोनमा राखिएको घोषणा गरेका छन् ।
कोभिड–१९ को नयाँ भेरियन्ट फैलिएको भन्दै बेलायतले नेपाललाई रेड जोनमा राख्दै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नियम मे १७ तारिखदेखि लागू हुनेछ ।
बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा यात्रा प्रतिबन्ध लागुहुनेछ । आइरिस र बेलायती नागरिकले भने १० दिन क्वारेन्टिनमा बस्ने गरी यात्रा गर्न पाउनेछन् ।बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस