• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

'अहिले चलचित्रको अवस्था धेरै पीडादायक छ' 

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आज चौथौं दिन कलाकारहरुले अहिले चलचित्रको अवस्था धेरै पीडादायक भएको बताएका छन्। 

 

कार्यक्रममा चलचित्र निर्माता अर्जुन कुमारले कोरोनाका कारण चलचित्रका सबै क्षेत्र मारमा परेको हुँदा हल बाहेक अन्य बिकल्प खोज्न पर्ने बताए । हाल नेपाली सिनेमा हेरिएको नभई जवरजस्ती देखाइएको अवस्था रहेकाले सजिलो माध्यम अपनाउनु पर्ने उनको भनाई छ । 

 

यस्तै नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनाको महामारीलाई चलचित्र जगतलाई अवसरमा बदल्न सकिने बताए  उनले चलचित्रहरुलाई रेभिन्यु सेयरिड पनि डिजिटल प्लेटर्फम मार्फत प्रसारण गर्ने सकिने बताए । नेटफिलीक्स, अमाजोनको उदाहरण दिँदै अब डिजिटल प्रविधिबाट नेपाली चलचित्रलाई अघि बढाउन सकिने बताए ।

 

अभिनेत्री रेखा थापाले डिजिटल प्लैयाटफर्म बैकल्पिक उपाय भएपनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा हाललाई उपयुक्त नहुने बताइन। नेपाली चलचित्र हलमा हेर्न नै रमाइलो हुने उनले बताइन । सरकारले गरेको निषेधाज्ञा खुलेको अवस्थामा पनि चलचित्र क्षेत्र नियमित गतिविधिमा पहिले झै फर्कन करिब ६/८ महिना लाग्ने देखिएको छ। यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकार तथा प्राविधिकहरु भने पूर्ण रुपमा बेरोजगार हुने सक्ने देखिएको छ। उनीहरुको दैनिक गुजारामा समेत समस्या उत्पन्न हुन सक्ने नायिका थापा बताउँछिन । 

 

कार्यक्रममा चलचित्र निर्माता अशोक शर्मोले सिनेमाको प्रारम्भिक बजार भनेको हल नै भएको हुँदा पारिवारिक एवं बाहिरी दृष्टिकोणले पनि उपयुक्त रहेको बताए। हलमा दर्शकहरुको माहोल, रियाक्सन, मनोबिज्ञान बुझेर नै निर्माताहरुले चलचित्र निमार्ण गर्ने गरेको शर्माको अनुभव छ । नेपालका चलचित्र भवनहरुको अवस्था पनि पीडादायक छ । कोरोनाका कारण जय नेपाल हल बन्द भयो, कुमारी हल बन्द हुने अवस्थामा छ। २२ वटा सिनेमा हलहरु बन्द भएको अवस्था छ,शर्माले तितो अनुभव सुनाए ।

 

मल्टिप्लेक्सहरुको पनि  टिक्ने अवस्था न्युन  छ। कोरोना महामारी बढ्दै गयो भने १० बर्ष चलचित्रमा ठुलो असर पर्ने कलाकारहरुको ठ्म्याई थियो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार