• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको स्रोतले बतायो।

 

रेग्मी लोक सेवा आयोगमै शाखा अधिकृतको रुपमा कार्यरत थिए । उनी त्यहीबाट अवकासप्राप्त कर्मचारी हुन् । सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगालेका रेग्मी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए ।

 

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार