• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

जसपाको ठाकुर र महत्तोले प्रधानमन्त्रीलाई भने,‘हामी विश्वासको मत दिन सक्दैनौँ’

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । 

 

आइतबार बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग विश्वासको मत दिन नसक्ने जानकारी गराएको महतोले बताए । आज विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतो बालुवाटार पुगेका थिए । उक्त भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग गरेका थिए ।

 

सोही क्रममा उनीहरुले आफूहरुको माग पूरा नभएको कारण प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराएका हुन् ।

 

विश्वासको मतको आस नगर्न आफूहरुले जवाफ दिएको दिएको भन्दै नेता महतले भने, ‘पार्टीमा पनि अप्ठ्यारो भएकाले हामी तपाईलाई विश्वासको मत दिँदैनौं भन्यौँ । विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार