• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

संवैधानिक परिषद् बैठकद्वारा विभिन्न आयोगमा नियुक्ति सिफारिस,सभामुख र देउवाद्वारा बहिस्कार

काठमाडौं । आज बसेको संवैधानिक परिषद् बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको परिषद् बैठकले लोक सेवा आयोग लगायतका संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको जनाइएको छ ।

 

नियुक्तिका लागि सिफारिसको निर्णय भए पनि विवरण सार्वजनिक भएको छैन । सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने जनाइएको छ। अहिले लोक सेवा आयोगमा सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य तथा महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खाली रहेका छन् ।

 

संवैधानिक परिषद्का सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको बहिष्कारका बीच सो बैठक बसेको हो।

 

प्रधानमन्त्री ओलीले संसद छलेर स्वेच्छाचारी रुपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सापकोटा यसअघिको बैठकमा पनि सहभागी भएका थिएनन् ।बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओली, सदस्यहरू प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना सहभागी थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार