• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
विचार

बिवेकमा बिर्को लागेको सत्ता र निरीह जनता

सधै जसो आलोचना खेपेको सरकार यतीबेला थप आलोचित भएको छ । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेपछि अवस्था झनै बिकराल बन्दै गएको छ । अस्पतालहरुका बेड भरिभराउ छन । अस्पतालका सिडीहरुमा राखेर बिरामीको उपचार भइरहेको छ । स्वास्थ्यकर्मीहरु आफै संक्रमित हुँदा उपचारमा थप चुनौती देखिएको छ भने सरकार कमिशन र सत्ता कसरी जोगाउने भन्ने दौडघुपमा छ । राजनीतिज्ञ दुरदर्शी हुन्छन भन्ने आर्दश यतिबेला झनै मक्कीएको छ । आफ्नो स्वार्थ पुरा गर्न नारा जुलुश लगाउन हजारौ कार्यकर्ता सडकमा उतार्न सक्ने नेताहरुले यात्रु अल्पत्र हुँदा होस अथवा उपचार नपाए छटपटाउँदा होस केही गर्न सक्दैनन् । उपचार नपाएर जनता सड्कमै मृत्यु बरण गर्ने बाध्य छ यता सरकारका प्रधानमन्त्रीको सत्ता जोगाउने लावा लस्कर उदेकलाग्दो छ । यी दुई दृश्यले के देखाउँछ भने सत्ता नै सब चिज हो । आगो झोसेर सरकार पानी खोज्न निस्केको भान आम सर्वसाधारण जनताले गरेका छन । मानव जातीलाई नै तहसनहस बनाउने कोरोना कहरमा पनि सत्ताले आखा खोलेको छैन।  कोरोनाको पहिलो चरण फेस गरेका हामीले विगतको भन्दा थप जोखिमको सामना गर्नपर्ने अबस्थामा पुग्ने कुरालाई नजरअन्दाज गरिदियौं ।  कोरोना कहरले थला परेको  देश फेरी यतिबेला झनै आगोको मुस्लो झै भएको छ। जोखिम हरेक दिन थपिएको छ ।

 

केहि दिन अघिसम्म सरकारले कोरोनाको व्यवस्थापन गर्ने नसक्ने र कहालीलाग्दो अवस्थामा पुगेको बताउँदै आएपनि अब उपचारमा कुनै कसर बाँकी नराख्ने भन्यो। अस्पतालहरुलाई कडा निर्दशन र कारबाहीको डर देखाए पनि निजी स्वास्थ्य संस्थाहरुको मनोमानी आम जनताले थेग्नै नसक्ने उपचार खर्चका सन्र्दभमा भने सरकारले कुनै चासो देखाएको छैन। हिजो मात्रै प्रधानमन्त्री ओलीले नेपालमा कोभिड –१९ महामारी विरूद्धको लडाइँ नियन्त्रणमा रहेको  भन्दै अन्तर्राष्ट्रिय संचार माध्यम सीएनएनमा अन्र्तार्वाता दिए । यतिवेला प्रधानमन्त्री थप ओलोचित भएका छन । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सामाजिक सञ्चालमा चर्को बिरोध भईरहेको छ ।

 

करोना कहर थप पीडादाई हुनसक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई सुझाव दिँदै आइरहेका छन । सरकारले विज्ञकाका भनाईलाई गम्भीरतापूर्वक  लिएको देखिदैन । किनभने सरकारका प्रधानमन्त्री नै आफूलाई विज्ञका रुपमा प्रस्तुत गर्छन र विज्ञानले प्रमाणीत नगरेका मनगणन्ते उपाए सुझाउँदै संचारममध्यममा प्रस्तुत हुन्छन त कहिले सिसाको च्याम्बरबाट बिशेष सम्बोधन गर्छन । सरकारले चाहेको भए आवश्यक स्वास्थ्य उपकरण र अन्य तयारी गर्ने सक्थ्यो तर आवश्यक देखेन जसको फलस्वरुप कोरोनाका कारण मृत्युवरण गर्नहरुको संख्या उकालो लागेको छ ।  समय मै सरकारले चासो नदिँदा परिस्थीति झनै जटिलता तर्फ धकेलिएको छ ।

 

पद जोगाउन जे पनि गर्नसक्ने शासकका यी र यस्तै गतिबिधीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आगो ओकलेका छन । आक्रोश चुलीनु एक अर्थमा स्वभाविक पनि देखिन्छ। आम नागरिक सडकमा अल्पत्र छन, भोक र रोगको त्रास थपिएको छ । बिरामीले अस्पतालमा बेड पाएका छैनन्, अस्पतालको सिडीमै पल्टिएका कहालीलाग्दा दृश्यहरुले पनि शासनमा बस्नेहरुहरुलाई छोएको छैन। उनीहरुलाई यती थाहा छ । पद जोगाउन कुनै पनि कसर बाँकी राख्न हुन्न । सत्ता धरापमा पर्ने हो कि भन्ने ध्याउन्न प्रदेश देखि केन्द्रसम्म छताछुल्ल छ । जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने कसम खाएका उनीहरु अहिले स्वार्थ र लोभको चास्नीमा छन । कसलाई साथमा लिँदा पद जोगिन्छ उसकै पछि लाग्ने फोहोरी खेल अहिले बिद्यमान छ । यस्ता कार्यले सत्ताको खेल कति धमिलो हुन्छ भन्ने कुरा फेरि एकपटक सतहमा ल्याइदिएको छ ।

 

कोरोनाबाट एकैदिन ५० बढीको मृत्यू भयो भने  ८ हजार बढीमा संक्रमण पुष्टी भइरहँदा सरकार पद जोगाउने दौडघुपमा छ । अस्पतालहरुमा बेड छैन्न, अक्सीजनको अभाव छ यस तर्फ सरकारले चासो दिएको छैन । छिमेकी देशमा कोरोनाको नयाँ भेरिएन्टले डडेलोको रुप लिइसक्यो त्यो कहालीलाग्दो आगोको लप्को हाम्रो देशमा पनि छिन भरमै फैलियो । केहि भारतीय अभियान्ताहरुले भारतलाई मोदीबाट बचाउँ भनेर सामाजिक संजालमा बिरोध गर्ने छाडेका छैन्न । नेपालमा पनि अवस्था त्यस्तै देखिएको छ । यस्तो भयावह अवस्था र खतराको घण्टी बज्दै गर्दा हाम्रा प्रधानमन्त्री आफै दलबल बाधेर कार्यक्रममा सरीक भए जसको फलस्वरुप संक्रमितको  संख्या अकल्पनीय ढंगबाट बढेको छ । विज्ञहरुले सुझाएका कुरालाई सरकारले समयमै सुनेको भए आज यस्तो अवस्था आउने थिएन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार