• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड अस्पताल बनाइने

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ ।

 

बालुवाटारमा शनिबार ९आज० बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो ।

 

केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

 

यो सँगै अब देशको पुरानो वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ। कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि वीरलाई स्वास्थ्य मन्त्रालय आफैंले चलाउने भएको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार