• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

अहिले चलचित्रहरुबीच स्वस्थ प्रतिस्पर्धा हुँदैन : प्रताव सुव्बा

काठमाडौ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेश्रो दिनमा आज चलचित्र निमार्ता एवं निर्देशक प्रताव सुव्बाले चलचित्र श्रेत्रका अनुभव सुनाएका छन परालको आगो, बाच्न चाहने जस्ता सुपरहिट चलचित्रहरुको निमार्ण गरेका सुब्वाले त्यो समयमा चलचित्र जगतको दुख सुनाएका हुन ।

 

आफूले त्यो बेलामा सिमित श्रमशक्ती, पुँजी, प्रबिधिका अभावका बिचमा पनि धेरै कालाकारको बिका गर्ने सफल भएको बताए। चलचित्र जगतबाट पैसा कमाउन भन्दा पनि बिकाश र बिस्तार गर्नु नै मुख्य उदेश्य रहेको बताए । चलचित्रहरु बिच स्वस्थ प्रतिस्पर्धा थियो राम्रा चलचित्र निमार्ण हुन्थे तर अहिले त्यस्तो छैन। अहिले चलचित्र जगतमा राजनीति हावी छ । 

 

चलचित्र जगतमा आउनु अगाडी चलचित्र बारे सोचेरै पागल जस्तो भएको स्मरण गर्दों चलचित्रमा प्रवेश गर्नुअघि कुखुरापालन, बंगुरपालन समेत गरेको उनले आफनो अनुभव सुनाए ।

 

त्यो बेलामा नेपाली समाजका मैलिक चलचित्र निमार्ण हुन्थे तर आजकाल चलचित्र जगतमा बिकृती आएकोमा उनले चिन्ता व्यक्त गरे । नेपाली समाजको ऐनाको रुपमा हेरिएको चलचित्र जगतमा सस्तो लोकप्रियताका लागि बिकृती फैलाउनु दुखद रहेको उनले बताए ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार