• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

'म जहाँ रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिल्यै कम भएन'

किरण गजमेर

काठमाडौं ।  किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन २’ मा उनले दिएको प्रस्तुति। ब्लाइण्ड राउण्डमा चारजना निर्णायकलाई आफनो गायनको क्षमताले आफुतिर पार्न सफल गजमेर शुक्रवार ब्याटल राउण्डमामा समेत उत्कृष्ट प्रस्तुति दिँदै नकआउट राउण्डमा प्रवेस गरेका छन।

 

‘द भ्वाइस अफ नेपाल' मा सहभागी हुनु अघि समेत उनका केहि गीतहरु बजारमा ल्याइसकेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन 'म जहाँ रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन।'

 

रियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका उनी नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिङ गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन्। उनका ठुली ठुली ,छपक्कै ,मै बनाउला माली ,समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार