• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

सपनाको देश

तीन छाँगे भीरको घाँस काटेर दुखले दुई माउ भैसी पालेर थुक तेल गर्दै बेचेको घीउ र पाँच गरा बारीमा फलेको कोदो बेचेर ज्ञाननाथले छोरा पढायो, मरीतरी १२ पास गर्‍यो। साथीभाईको लहैलहैमा डिभी भरेछ भाग्यले परेछ । 

 

संसारलाई नियन्त्रण गर्न खोज्ने ३३२,९१५,०७३ जनसंख्या भएको देश ५० राज्यमा बिभाजित लिंकन, मार्टिन लुथर र जोन अफ् क्यानेडी जस्ता महान व्यक्ति जन्मेको देश जुन सपनाको देश सायद अन्तिम गन्तब्य भन्छु म अमेरिकालाई, त्यहाँ छोरा जान पाउँदा खुशी भयो ज्ञाननाथ । वास्तवमा सामान्य परिवारको छोरा भाग्यले जाँदा खुशीको कुरा हो नै ! 

 

छोरा रामनाथ क्यालिर्फोनिया राज्यको एन्जेल्स क्याम्प भन्ने शहरमा बस्न थाल्यो । त्यहीं रहेको होटल एन्जेल्स क्याम्पमा क्लिनरको जागिर पायो तर त्यतिले सन्तुष्टि भएन अर्को गाडी पुछ्ने काम पनि पायो । समयको चक्रसँगै एउटा कार पनि किन्यो तर किनेको ६ महिना नपुग्दै उसको दुर्घटनामा परी मृत्यु भयो । 

 

यता ज्ञाननाथ अमेरिका घुम्ने सपनामा थियो तर छोराको मृत्युको खबरले रामनाथको आमा–बुवा बेहोस बने यसरी सपना हुरीले उडाउँदो रहेछ । सपनाको देश अमेरिका साँच्चै सपना नै रहेछ कहिल्यै बिपनामा परिणत भएन बरै ज्ञान नाथको सपना !!!


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार