• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।

 


कम्पनीको आज अपरान्ह २ः३० बसे बसेको संचालक समितिको ४२ औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको जनाएको छ ।

 

कम्पनीले  यहि बैशाख २६ गतेका दिन साधारण सभा आह्वान गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार