• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

कोरोना प्रभाव : व्यवसायीद्वारा कर तिर्ने समय थप गर्न सरकारसंग माग

काठमाडौं। निजी क्षेत्रका तीन व्यवसायिक संस्थाले निषेधाज्ञाको कठिन समयमा  कर तिर्न नसकिने भन्दै समय थप्न माग गरेका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले छुटाछुट्टै विज्ञप्ति जारी गर्दै कर विवरण बुझाउने म्याद र कर तिर्ने समय थप्न सरकार संग माग गरेका हुन ।

 

उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेको र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेको  विज्ञप्तिमा उल्लेख छ  । सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकाले कर तिर्ने समय थप्न माग गरिसकेको छ ।

 

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले  कर तिर्ने सबै प्रक्रिया अनलाइनमार्फत गरिएकोले करदाताले अनलाइनमार्फत कर तिर्न सक्ने बताए पनि कर बुझाउ नसकिने व्यवसायीले गुनासो गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार