• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रवास

एनआरएनए बरिष्ठ उपाध्यक्ष पदका लागि कार्कीको उम्मेदवारी

फ्रेसन्युज संवाददाता, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आसन्न निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारहरुले आफनो चुनावी प्रचारको अभियानलाई तीव्र बनाएका छन् । एनआएनए अमेरिकामा यसपटक बरिष्ठ उपाध्यक्ष पदको नेतृत्वको लागि चित्रा कार्कीले आफनो उम्मेदवारी दिएकी छिन् ।  

 

नेपालको अर्घखाचीमा जन्मिएकी कार्कीले आगामी यही मे २९-३० तारिखमा हुन लागेको एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिएकी छिन्। एनआरएनएको बरिष्ठ उपाध्यक्ष  पदमा  उनी दुई पुरुष प्रतिस्पर्धीसँग चुनावी मैदानमा भिड्दै छिन् ।  

 

हाल उनी अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपाली समुदायबिच जनसम्पर्क तथा अन्तरक्रियामा ब्यस्त छिन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएकी उनी अहिले सबैको प्रिय बनेकी छिन् । कार्की एक सफल महिला नेतृ, व्यवसायी तथा सामाजिक अभियन्ता पनि हुन। एनआरएनएलाई सबै गैर आवासीय नेपालीहरुको साझा संन्जालको रुपमा बिकास र बिस्तार गराउनुपर्नेमा उनले जोड दिएकी छन । राजनीति भन्दा सामाजिक अभियान नै प्रभावकारी हुने भएकाले आफुले यो चुनावमा आफनो उम्मेदवारी दिएको उनी बताउँछिन् ।

 

नेपालमा जन्मेर पनि विगत एक दशकदेखी अमेरिकालाई कर्मथलो बनाई उनले अमेरिकामा रहेका बिभिन्न सामुदायिक केन्द्रका लागि सहयोग पनि  गर्दै आएकी छिन । बिभिन्न संघसंथा, दुखी गरिबलाई सहयोग गरी निरन्तर त्यसको संरक्षणमा उनी लागिरहेकी छिन् । 

 

 

 

सबल, सक्षम र समाबेशी एनआरएनए निर्माणको लागि सहमती, सहकार्य र एकताको आबश्यकता मान्यता राख्ने कार्कीले आफु नेतृत्वमा पुगेको खण्डमा सबैलाई समेटेर अघि बढ्ने बताएकी छन । मिडियाबाजीमा खासै चासो नदिने कार्कीले प्रचारप्रसारका लागि कसैसँग हारगुहार गरेकी पनि छैनन् । 

 

उनी भन्छिन्, ‘चुनाव जित्ने आधार भनेको मतदाता हो, त्यो नेटवर्क मैले बनाएकी छु।’ आफु मतदाताको विश्वासमा एक कदम अघि बढिसकेको दाबी गदै कार्कीले एनआरएनए अमेरिकाको भावी बरिष्ठ उपाध्यक्षमा सजिलै जित हासिल गर्ने बिश्वास लिएकी छन ।

 

मेरिल्याण्डमा स-परिवार बस्दै आएकी कार्कीले त्यहिबाट आफनो उम्मेदवारीको औपचारिक घोषणा गरेकी थिइन । अहिले उनी मतदाताहरुसँगको भेटघाट मै व्यस्त छिन् । साथै फोन मार्फत पनि उनले मतदाताहरुसँगको सम्पर्कमा भोट अपिल गरिरहेकी छिन् । मतदाता भेटघाटका लागि बिभिन्न राज्यहरुमा पनि पुग्ने योजना रहेको उनले सुनाइन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार