• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय 

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए।

 

ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरुमा पनि अल्पमतमा पुगेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेसको आरोप छ । सहमहामन्त्री डा.महतले भने, ‘केन्द्रकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप भएको छ, यसको हामीले भर्त्सना पनि गरेका छौं ।’

 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्। सो बैठकलाई माओवादीले पनि राम्रो उद्देश्यले नबोलाइएको ठहर गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार