माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार हाम्रो पहिलो काम भनेकै हामीले औपचारिक रूपमा समर्थन फिर्ता लिने हो, स्थायी कमिटी सदस्य लीलामणि पोखरेल बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
सरकारलाई फाल्नुपर्छ भनेर आन्दोलन नै गरेको हो नि । समर्थन नै छैन यो सरकारलाई । तर औपचारिकता पूरा गरौँ भनिएको हो’, पोखरेलले भने।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस