• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

संसद् अधिवेशन आह्वानपछि भोलि र पर्सी सबै सांसदहरुको पीसीआर परीक्षण गरिने

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि संसद् सचिवालयले सांसदहरुको पीसीआर परीक्षण गर्न लाागेको छ । 

 

संघीय संसद्का सबै सांसदहरुको बुधबार र बिहीबार पीसीआर परीक्षण हुन लागेको हो ।अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा वैशाख २२ गते बुधबार र २३ गते बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसीआर परिक्षण गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ ।  

 

“संघीय संसद्का सबै माननीयज्यूहरुको यही वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुनेछ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, “सचिवालयका कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुनेछ ।”

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार