• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप ७६६० जनामा कोरोना पुष्टि,५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७०२ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ६६० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

 

देशभर १ हजार ७७५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ७७५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

 

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय ५३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७०२ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ३७ हजार २९५ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

 

यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार