• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

काठमाडौंमा अब निःशुल्क एम्बुलेन्स सेवा (सम्पर्क नम्बर सहित)

काठमाडौं  । काठमाडौं महानगरपालिकाले पाँच ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा रहेकाले निःशुल्क सेवा लिन आग्रह गरेको छ । 

 

महानगरपालिकाले सूचना निकालेर कोरोना संक्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेको हो ।

 

महानगरपालिकाले डिल्लीबजार, मैतीदेवी, कमल पोखरी, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, टेकु, न्युरोड, जमल, बबरमहल, नरदेवी, वीर अस्पताल, दरबार मार्ग, बागबजार, ठमेल लगायतका क्षेत्रका बिरामीका लागि राष्ट्रिय सभा गृहमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।

 

चावहिल, बौद्ध, जोरपाटी, गौशाला, पुरानो बानेश्वर, रातोपुल, कालोपुल, भत्केको पुल, गोपीकृष्ण, सुकेधारा लगायतको ठाउँका लागि चावहिलमा र बल्खु, कालीमाटी, कुलेश्वर, कलङ्की, सीतापाइला, ताहाचल, स्वयम्भू, ठूलो भर्‍याङ लगायतका ठाउँका बासिन्दाका लागि स्वयम्भूमा एम्बुलेन्स रहेको महानगरपालिकाले जनाएको छ ।

 

यस्तै वनस्थली, बालाजु, माछापोखरी, बसपार्क, नयाँबजार, सोह्रखुट्टे, लैनचौर, लाजिम्पाट, गोङ्गबु, बालुवाटार, टिचिङ, चक्रपथ, बसुन्धरा, कान्ति अस्पताल लगायतका ठाउँका लागि महाराजगञ्ज तथा पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, गैह्रीगाउँ, सिनामङ्गल, मीनभवन, नयाँ बानेश्वर, शान्तिनगर, भीमसेनगोला लगायतका ठाउँका बासिन्दालाई मीनभवनमा राखिएको एम्बुलेन्सलाई सम्पर्क गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार