न्याय परिषद् सदस्य खड्काको कोरोनाले लियो ज्यान
काठमाडौं । न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको कोरोनाबाट निधन भएको छ ।
मंगलबार बिहान निरालाको उपचारका क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा निधन भएको हो ।
कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उनी गएको बैशाख १० गते अस्पतालमा भर्ना भएका थिए ।
खड्का २०७६ पुसमा न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा उनी महान्यायाधीवक्ता भएका थिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस