• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डा गरे डिभोर्स

काठमाडौं । अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गरेका छन् । 

 

बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन् । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

 

सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन् । बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन् । सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन् ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार