• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप, पसल बिहानमात्रै खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

 

यस्तै खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ। अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो ।

 

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको ललितपुरका सहायक सीडीयो ललितकुमार बस्नेतले बताए । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार