• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायिका बरालको ‘खानदानी छोरी’ मा टिकटक स्टारको अभिनय

काठमाडौं । गायिका ईश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ । 

 

गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् ।

 

गीतको  भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको फिचर्ड छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार