• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

पन्जाबलाई हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । 

 

गएराति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । पन्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो। 

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले ।

 

अग्रवालले आवेश खानलाई अन्तिम ओभरको चौथो चौका, पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरेपनि शतक बनाउन १ रनले चुकेका थिए। यस्तै डाविड मालनले २६ रन जोड्दा क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए । दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।

 

जितसँगै दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ र दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । पन्जाब ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार