गायक अधिकारीको 'दुई दिने जीवन' सार्वजनिक
काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा 'दुई दिने जीवन' सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै सुन्न सकिन्छ।
यस्तै गीतको र्यापर भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ। गीतलाई एरेन्ज भने बिशाल गुरुङले गरेका हुन्।
म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन्। नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा ,सब्बु तामांङको मेकअप ,योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन समाबेस रहेको छ। गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस