• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

गायक अधिकारीको 'दुई दिने जीवन' सार्वजनिक

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा 'दुई दिने जीवन' सार्वजनिक भएको छ।  युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै सुन्न सकिन्छ।

 

यस्तै गीतको र्‍यापर भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ।  गीतलाई एरेन्ज भने बिशाल गुरुङले गरेका हुन्। 

 

म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन्। नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा ,सब्बु तामांङको मेकअप ,योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन समाबेस रहेको छ। गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार