• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली

काठमाडौं । नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीले आफ्नो इच्छाले नै माओवादी पार्टी रोजेको बताएकी छन् ।

 

वली दाङ ३ (ख) मा भएको उपचुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विजयी भएकी थिइन् । एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भएको थियो ।

 

सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उनी दुवै समूहमा खुलेकी थिइनन् । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेकी छिन् ।

 

उनले भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार