• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रवास

न्युयोर्कको क्विन्स अस्पताल र जीपीके फाउण्डेशन अमेरीका च्याप्टर मानवीय सहायतामा जुट्दै

 न्युयोर्क ।  गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले मानविय सेवा र सहयोग अन्तर्गत  समुदायकालाई कोरोनाविरूद्द खोप दिने शिलसिलामा आज फेरि क्विन्स अस्पतालकै आग्रहमा पाँचौपटक क्विन्स हस्पिटल जमैकासँग समन्वय गरी स्वयंसेवकीय भुमीका निर्वाह गरेको छ। 

 

सो कार्यमा फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिती सदस्य रामचन्द्र अधिकारी, कार्यसमिती सदस्य ध्रुव क्षेत्री कुँवर,स्वयंसेवी द्वय टेम्बा नुर्वु लामा र तेज सुनार सहजिकरणमा खटिएका थिए। करीव ५०० जना सेवाग्राही हरूलाई लाईनमा वसाल्ने,फर्म भराउने, भाषाजन्य सहयोग गर्ने लगायतका मानवीय सहायता गर्न उनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

हस्पिटल प्रशासनसँग समन्वय गरी छुट्टै सहायता डेक्स खडागरी विगत १ महिना अगाडीदेखी फ़ाउन्डेशनले अग्रणी भुमीका निर्वाह गर्दै आईरहेको छ।फाउन्डेशनले हालसम्म प्रत्यक्ष रूपमा करीब १ हजार ५ सय बढीलाई सहयोग गरेको  प्रवक्ता अधिकारीले जानकारी दिए ।

 

फाउन्डेशनको यस्तो मानवीय सहायता प्रती प्रशन्नता प्रकट गर्दै प्रशासन एवं खोप शाखा निर्देशक सरोजिनी कुमारले फाउन्डेशनको यो सहयोगको हस्पिटल प्रशासनले उच्च मूल्याँकन गरेको र आगामी दिनहरूमा आवश्यक परेको अवस्थामा थप साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

 

सो कार्यक्रम गर्न पाएकोमा आफुहरू गौरवान्वित भएको कुरा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वताए। फाउन्डेशनका कार्यसमिती सदस्य ध्रुव कुँवर क्षेत्रीले आफु सदा सहयोगको लागी लागीपर्ने बताए ।

 

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले क्विन्स हस्पिटल समुदाय सल्लाहाकार संचालक समितिका अध्यक्ष एवं क्विन्स डेमोक्रेटिक लिडर डा। एन्थोनी एनड्र्युज जुनियर, ग्रेगरी महावी, स्टेफेन मनरो, डा राव र सरोजीनी कुमार लगायत सम्पूर्ण प्रशासनप्रती धन्यवाद प्रकट गर्दै आफुहरूलाई यो पवित्र मानविय सहयोगमा योगदान दिने मौका दिएको धन्यवाद प्रकट गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार