• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

सारंगी बाधक हेमन्त कान्छाको 'सारंगी सँग' सार्वजनिक

काठमाडौं । सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले 'सारंगी सँग' कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् ।

 

सारंगीको संरक्षण, संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप सारंगी सँग कार्यक्रम सुरु गरिएको हो,हेमन्तले भने। हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन्। सपना रसाइली र अभिषेक रसाइली निर्माता रहेको 'सारंगी संग' कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन तथा सञ्चालन गर्दैछन् ।

 

कार्यक्रममा भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने, बाँसुरी सञ्जिव मैनालीमो रहेको छ। मिराज अर्याल र दिपक बिटिएलको छायांकनमा तयार भएको कार्यक्रमको सम्पादन मिराज अर्याल (रीमा फिल्मस्) ले नै गरेका हुन् । 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार