• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

म फिल्मबाट महिलाको भुमिकालाई बदल्न चाहन्छु : परिणीति चोपडा 

परिणीति चोपडा

काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडा भन्छिन् ,मैले आफ्नो पहिलो फिल्मबाट नै महिलालाई पर्दामा कसरी देखाइन्छ भन्ने, कथा परिवर्तन गर्ने प्रयास गर्ने कोशिश गरेकी छु।  

 

परिणीतिले 'लेडीज भर्सेज रिकी बहल', 'इश्कजादे', 'शुद्ध देसी रोमान्स', 'हंसी तो फंसी'  जस्ता उत्कृष्ट फिल्महरु गरेर  यो सावित गरिसकेकी छिन् कि महिलाहरुले पनि बलिउडमा जस्तोसुकै अभिनय गर्न सक्छन्। नायिकाहरु पनि नायक जस्तै अभिनय गर्न सक्ने क्षमता भएका हुन्छन् भन्ने कुरा उनले अभिनय गरेको उत्कृष्ट फिल्महरुबाट नै देखिन्छ । 

 

परिणीति भन्छिन्, म यो पक्का भन्नसक्छु कि अभिनेत्रीहरू आफनो फिल्मका कथाहरु आफुलाई चित्त बुझेन भने त्यसलाई बद्ल्नुपर्छ । उनीहरुले आफुलाई कसरी   पर्दामा प्रस्तुत गर्ने भन्ने कुरा पनि आफैंले सोच्नुपर्छ।  मैले मेरो पहिलो फिल्ममा यही कुराहरु देखाएकी छु  ।  म सधैँ सामान्य अभ्यास भन्दा बाहिर केहि नयाँ गर्ने जिम्मेवारीमा हुन्छु ।  बलिउडमा दशकौंदेखि देखाइएको नायिका जस्तो नदेखाउन मेरो प्रयास हुन्छ ।  

 

परीणीतिले उनको अन्तिम तीन फिल्महरू- 'द गर्ल ऑन द ट्रेन' (टीजीओटी), 'संदीप और पिंकी फरार' (एसएपीएफ) र 'सायना' मा आफनो बहुपक्षीय भूमिका देखिउने अभिप्रायलाई स्पष्ट पारिसकेकी छिन्, जसले आत्मविश्वासी, गैर पारम्परिक नायिकाको अभिनयलाई फिल्म मार्फत देखाउने प्रयास गरेको छ ।  ।  

 

उनी भन्छिन्, मेरा पछिल्ला तीन फिल्महरू -'टीजीओटीटी', 'एसएपीएफ' र 'साइना' दर्शकहरुको अगाडि केही भिन्न र विभिन्न, साहसी, निडर, आत्मविश्वासी र महत्वाकांक्षी नायिकाहरूको कामलाई देखाउने प्रयास पनि हो । 

 

मैले अब अर्को फिल्म गरे भने पनि त्यसमा अवश्य नै यी बिचारहरु झल्किन्छन्  । हरेक बलिउड अभिनेत्री सचेत र सजक हुनुपर्दछ। उनी कसरी महिलाहरुलाई पर्दामा प्रस्तुत गर्ने कुरामा खास सोच विचार राख्छिन्। 'यदि हामीले महिलाहरूलाई पर्दामा प्रस्तुत गर्ने तरिका बदल्न सक्यौं भने, हाम्रो समाजमा महिलाहरुलाई  हेर्ने दृष्टिकोण अवश्य नै बदलिन्छ। फिल्म हेर्ने दर्शकले यी कुराहरुलाई एकदमै मनमा राख्छन्, त्यसैले हामीले समाजमा सकारात्मक परिवर्तनहरू ल्याउन यी माध्यमहरुलाई प्रयोग गर्नुपर्छ । वेभ दुनियाँ
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार