• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

कोरोनाबाट भारतीय टेलिभिजन पत्रकार सरदानाको मृत्यु 

काठमाडौं । कोरोनाबाट भारतीय टेलिभिजनका पत्रकार रोहित सरदानाको मृत्यु भएको छ ।  

 

पत्रकार सरदानाको शुक्रबार (आज) विहान दिल्लीस्थित एक अस्पतालमा ४१ वर्षको उमेरमा मृत्यु भएको हो। केही दिन पहिले पत्रकार सरदानालाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

 

उनले आजतकमा ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए। सरदानाले जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनले पहिले ईटीभी नेटवर्क र आकाशवाणीसँग पनि काम गरिसकेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार