• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

घट्यो सुनचाँदीको मूल्य, कारोवार कतिमा ?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

 

हप्ताको अन्तिम दिन शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

शुक्रबार चाँदीको मूल्य पनि २० रुपैयाँ घटेको छ । चाँदीको मूल्य शुक्रबार तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार