• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

पत्रकार न्यौपानेको 'दास प्रथाको नयाँ  रुप’ बजारमा

काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौँ कृति 'दास प्रथाको नयाँ  रुप’ बजारमा आएको छ । साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक मान्छेले मान्छे माथी गरिने अमानवीय व्यवहारमा केन्द्रित छ ।  

 

बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको लेखक न्यौपानेले बताए  । ‘मेचीदेखि महाकालीसम्मका बालश्रमिक र तिनले खेप्नुपरेको समस्यामा केन्द्रित भएर पुस्तक लेखेको हुँ', लेखक न्यौपानेले भने, 'झण्डै आठ वर्षको अनुसन्धान हो यो ।'

 

पुस्तकमा विभिन्न १६ वटा क्षेत्रमा काम गर्ने श्रमिकको कथा समेटिएका छन् । घरेलु मजदुर, होटल मजदुर, कलकारखाना, सडक, यातायात, भारी बोक्ने, खानी, इटा भट्टा, मनोरञ्जन क्षेत्र, गलैँचा बुन्ने, जरी बुन्नेलगायत विभिन्न क्षेत्रका प्रतिनिधि घटना पुस्तकमा समेटिएका छन् । पुस्तक पाँच भागमा विभाजन गरिएको छ । 

 

न्यौपानेका एम्बुसमा छ वर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, हाडको डोको, स्कुल बेच्ने बालक, स्वर्णिम समय, सम्पदा लडाइँलगायत पुस्तक प्रकाशित छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार