अनिश्चितकालका सबै परीक्षा स्थगित
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भोलिदेखि शुरु हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरे पनि सिंहदरबारमा आज बसेको बैठकले भोलिदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
सीसीएमसीले परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।
विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ । अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने मन्त्रालयले जनाएको छ ।
विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस