• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
खेलकुद

आईपीएल : राजस्थान रोयल्सको दोस्रो जित,कोलकाता ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ। शनिबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

 

वान्खाडे क्रिकेट स्टेडियममा कोलकाताले दिएको १३४ रनको लक्ष्य राजस्थान रोयल्सले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानका लागि कप्तान सन्जु श्यामसनले सर्वाधिक ४२ रन बनाए ।

 

डेभिड मिलरले २४ रनको योगदान गरे । यजस्वी जश्वाल र शिभम दुबेले समान २२/२२ रन जोडे । जोस बटलर ५ रनमा आउट भएको खेलमा राहुल तिवाती ५ रनमा पोविलियन फर्किएका थिए । कोलकत्ताका वरुण चक्रवत्तीले सर्वाधिक २ तथा शिवम माभी र प्रशिद्ध कृष्णले समान एक एक विकेट लिए ।

 

यसअघि, राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो । कोलकत्ताका लागि राहुल त्रिपाठले सर्वाधिक ३६ रन बनाए । दिनेश कात्तिक २५, नितिस राना २२, सुभमन गिल ११, सुनिल नारिन ६, इयान मोर्गान शुन्य, आन्द्रे रसेल ९ रन, प्याट कुमिन्स ५ रनमा आउट भए । प्रसिद्ध कृष्ण शुन्य रनमा अविजित रहे ।

 

राजस्थानका क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव, चेतन साकिरिया र मुस्ताफिर रहमानले समान एक एक विकेट लिए । यो संगै राजस्थान २ खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ।कोलकत्ता २ अंक सहित तालिकाको पुछारमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार