• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

एनएसएल : काठमाडौं रेजर्स विजयी

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजदेखि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी विजयी भएको छ ।

 

काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौंका लागि मेसौके ओलुमोउले निर्णायक गोल गरे। उनले खेलको ६६औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

 

प्रतियोगिताका सबै खेल दशरथ रंगशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् ।

 

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले एक/एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार