• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

राजस्थानलाई हराउँदै बैंग्लोरको उत्कृष्ट जित 

काठमाडौं । रोयल्स च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा उत्कृष्ट जित निकालेको छ । 

 

बिहीबार भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्समाथि १० विकेटको जित निकालेको हो। वान्खाडे क्रिकेट स्टेडियममा राजस्थान रोयल्सले दिएको १७८ रनको लक्ष्य बैंग्लोरले १६ ओभर ३ बलमा विना विकेटको क्षतिमा १८१ रन बनायो । 

 

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो। बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । उनको यो आईपीएलमा पहिलो शतक हो  । कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनायो। राजस्थानका लागि शिभम डुवेले सर्वाधिक ४६ रनको योगदान गरे। राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए ।

 

कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए । बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३र३ विकेट लिए । केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए । 

 

जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ । र, बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा २ अंक जोडको छ । राजस्थान पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार