• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

भक्तपुरको सुकुम्बासी बस्तीमा युवकको खुकुरी प्रहार गरी हत्या

भक्तपुर । भक्तपुर मनोहरास्थित सुकुम्बासी बस्तीमा बस्ने एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ। 

 

भक्तपुर सूर्यविनायक-८ सिपाडोलस्थित गाई फार्ममा बोलाएर सोलुखुम्बु घर भई सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या गरिएको हो।

 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार राईलाई गाई फार्मको टहराभित्र बोलाएर हत्या गरिएको बुझिएको छ। राईलाई २० वर्षीय आशिष खुलालले खुकुरी प्रहार गरेका थिए। घाँटीमा खुकुरी प्रहार गरिएका राईको घटनास्थलमै मृत्यु भएको थियो।

 

उनीहरूबीच के कस्तो विवाद थियो भन्ने खुलिनसकेको परिसर प्रवक्ता दीपक गिरीले बताए। ‘उनीहरूबीच के कसरी सम्पर्क स्थापित भयो भन्ने कुरा खुल्न बाँकी छ,’ गिरीले भने, ‘के कस्तो विवाद भएको भन्नेबारे पक्राउ परेका व्यक्तिले केही भनेका छैनन्।’

 

घटना भएपछि अपराह्न ४ बजे भक्तपुर परिसरको टोली घ’टनास्थल पुगेको थियो। घटनास्थल पुग्दा टहराको ढोका बन्द थियो।‘ढोकाको चुकुल फोडेर हेर्दा युवकको शव फेला परेको थियो, रगत लतपतिएको खुकुरी पनि त्यहीँ थियो,’ गिरीले भने।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार